बास्केट बल संघ गण्डकीद्धारा निर्णायक प्रशिक्षक तालिम

पाेखरा | जेठ २८, २०८२

बास्केट बल संघ गण्डकीद्धारा निर्णायक प्रशिक्षक तालिम

पोखरा:  नेपाल बास्केट बल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा सम्पन्न भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी हरु गरि ३२ जनाको सहभागीता रहेको थियो ।


तीन दिन सम्म सञ्चालित उक्त तालिमको समापन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै निर्णायकको प्रमुख भुमिका रहने बताउदै त्यस तर्फ चनाखो रहेर काम गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।


सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलकुद सम्पन्न गर्नका लागि निर्णायकको भुमिका मुख्य हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा प्रतियोगिताहरु सहज र सफल रुपमा सम्पन्न हुने बताए ।


त्यस्तै प्रशिक्षार्थी इन्द्र गुरुङले बास्केटबल संघले प्रदेश भरका निर्णायकहरुलाई सहभार्गी गराई तिन दिन सम्म तालिमको आयोजना गरेर आफुहरुमा थप उर्जा थप्ने काम भएको बताए ।


कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , बास्केट बल संघका सल्लाहकारद्धव सुनिल , नारायण शर्मा , लगायतले तालिमबाट प्राप्त ज्ञानलाई ब्यावहारमा उतार्दै अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा फिफा रेफ्री राज कुमार महर्जनले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।


नेपाल बास्केट बल संघ गण्डकी प्रदेशका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष किरण सापकोटाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव विष्णु कुमार गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्