‘फुड फेष्ट’ गर्दै हिमाल कलेज: पूर्वसँध्यामा खेल पत्रकार र कलेजबीच मैत्रिपूर्ण फुटसल
पाेखरा | जेठ २७, २०८२
पोखरा महानगरपालिका ८ बगालेटोलमा सञ्चालित हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनामिक एकेडेमीले हिमाल फुड फेष्ट–२०८२ को आयोजना गर्ने भएको छ ।
आगामी असार पहिलो हप्ता फुड फेष्टको आयोजना गर्ने तयारीमा कलजे जुटेको हो ।
सो फेष्टकाेकाे प्रचारप्रसार गर्ने लक्ष्यसहित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमीका शिक्षकहरुबीच मैत्रिपूर्ण फुटसल सम्पन्न भएको छ ।
स्पोर्टस क्यासलमा साेमबार भएको खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ८–६ को गोल अन्तरले कलेजलाई पराजित गर्याे ।
सो अवसरमा एकेडेमीका अध्यक्ष चेतनाथ भण्डारीले हिमाल फुड फेष्ट–२०८२ पूर्वसन्ध्यामा आयोजना गरेको फुटसलले एक आपसमा पत्रकार र शिक्षकबीचको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले खेलकुदले स्वस्थ्य रहन र अनुसाशित हुन प्रेरित गर्ने उनको धारणा थियो ।
यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्ककीका अध्यक्ष एमबी आस्था मगरले संस्थागत सम्बन्ध सुमधुर र सामिप्यता कायम गर्ने बताए ।
उनले हिमाल कलेज र मञ्चबीच दोहोरो सहयोग जरुरी रहने उल्लेख गर्दै कलेजको सकरात्मक कार्यका लागि मञ्च सदैब सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।
हिमाल कलेजले आफ्नै प्राङ्गणमा यही असारको पहिलो साता फुड फेष्ट–२०८२ आयोजना गर्दैछ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

