गौरीघाटलाई भेट्रान्स फुटसलको उपाधि
पाेखरा | जेठ २४, २०८२
पोखरा: पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।
पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै लेकसाइडको गौरी घाटले उपाधिसहित ७७ हजार सात सय ७७ रुपैयाँ हात पारेको छ । यस्तै एलजीले ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त ग¥यो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यअघि खेलको तेस्रो मिनेटमा नै लेकसाईड गौरी घाटका लागि किरण गुरुङले अग्रता दिलाएका थिए । राजेश खांडको पासमा किरणले गोल गरे ।
पहिलो हाफमा १–० ले पछि परेको एलजीले दोस्रो हाफमा बराबरी गोल फर्कायो । दोस्रो हाफको १९ औ मिनेटमा एलजीका मनिष थापाले गोल गरे ।
दुई दिनसम्म चलेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लेकसाइडका गम्भिर परियार घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक लेकसाइडकै विशाल नेपाली घोषित भए भने सर्वाधिक गोलकर्ता एलजीका मनिष थापा घोषित भए । उनीहरुले समान तीन÷तीन हजार रुपैयाँको साथमा ट्रफी हात पारे ।
प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल भएको र आगामी दिनमा समेत निरन्तरता दिने हौसला मिलेको प्रतियोगिता संयोजक अनुप रानाले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

