वर्ल्डलिंकको ‘बिट द स्पिड: २४ सहरबाट तीव्र गतिको बलर खोजिँदै

पाेखरा | जेठ १३, २०८२

वर्ल्डलिंकको ‘बिट द स्पिड: २४ सहरबाट तीव्र गतिको बलर खोजिँदै

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पीड: सिजन २’ औपचारिक रूपमा सुरु गरेको छ।

 

युवा, काँचो र तीव्र गतिका बलरहरूलाई पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ८ मे २०२५ मा जनकपुरबाट प्रारम्भ भएको हो।

 

हालसम्म यो अभियानले १७ वटा सहरहरू पार गरिसकेको र नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीले जनाएको छ।

 

सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलरहरूलाई खोजी र प्रोत्साहन गर्नको लागि प्रारम्भ गरेको थियो। यसले उनीहरूलाई पहिचान मात्र होइन, व्यावसायिक क्रिकेटतर्फको यात्रामा वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

 

यस वर्ष अभियान २४ वटा सहरहरू लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, वीरगन्ज, हेटौंडा, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौँमा पुग्नेछ।

 

अभियानमा प्रत्येक सहरमा एक जना उत्कृष्ट गति निकाल्ने बलरलाई स्थानीय विजेता घोषित गरिन्छ। तीमध्येका २४ स्थानीय विजेतामध्ये सर्वाधिक १० जना तीव्र गतिका बलरहरूलाई काठमाडौँमा आयोजना हुने एक हप्ते प्रशिक्षण क्याम्पमा सहभागी गराइनेछ।

 

क्याम्पमा उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हाल नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ‘ए’ का बलिङ प्रशिक्षक कलाम अलीले तालिम दिनेछन्। अन्त्यमा, यीमध्येबाट उत्कृष्ट विजेताको घोषणा गरिनेछ।

 

बिट द स्पिड: सिजन २ को मुख्य विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनुका साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको तीव्र बलिङ तालिमको सम्पूर्ण खर्च वर्ल्डलिंकले व्यहोर्नेछ। 

 

पोखरा:  कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् ।  महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पट...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्