एभरेष्टलाई पराजित गर्दै न्यु डायमण्डको दोस्रो जित

पाेखरा | जेठ १०, २०८२

एभरेष्टलाई पराजित गर्दै न्यु डायमण्डको दोस्रो जित

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । 


पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । 


न्यु डायमण्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमण्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो ।


यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 


एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । 


यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।  


नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ ।  आज पुरुषतर्फ चार खेल हुनेछ । 


नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

मुस्ताङ:  मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । ...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरता...

थप पढ्नुहोस्

काठमाडौं:  आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओ...

थप पढ्नुहोस्