एपिएफ, गण्डकी, हेल्प नेपाल र नेपाल पुलिस क्लबकोे विजयी सुरुवात
महिलातर्फ एपिएफ र एभरेष्टको विजयी सुरुवात
पाेखरा | जेठ ८, २०८२
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेश भलिबललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले सुदूरपश्चिमलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित ग¥यो ।
दोस्रो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित ग¥यो । गण्डकीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो सेट २२–२५ले कोशीलाई सुम्पियो । तेस्रो सेटमा २५–२२ ले पूनरागमन गरेको गण्डकीले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो ।
तेस्रो खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हेल्प नेपालले ३०–२८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २० ले जित्यो ।
चौथो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–२७ ले पुलिसले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२४ जित्यो ।
महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् । महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

