एपिएफ, गण्डकी, हेल्प नेपाल र नेपाल पुलिस क्लबकोे विजयी सुरुवात

महिलातर्फ एपिएफ र एभरेष्टको विजयी सुरुवात

पाेखरा | जेठ ८, २०८२

एपिएफ, गण्डकी, हेल्प नेपाल र नेपाल पुलिस क्लबकोे विजयी सुरुवात

पोखरा:    पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । 


पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेश भलिबललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले सुदूरपश्चिमलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित ग¥यो । 


दोस्रो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित ग¥यो । गण्डकीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो सेट २२–२५ले कोशीलाई सुम्पियो । तेस्रो सेटमा २५–२२ ले  पूनरागमन गरेको गण्डकीले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । 


तेस्रो खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हेल्प नेपालले ३०–२८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २० ले जित्यो । 


चौथो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–२७ ले पुलिसले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२४ जित्यो । 


महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् । महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । 


दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । 


महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
 

काठमाडौं:  संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्...

थप पढ्नुहोस्

काठमाडौं: सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मूल्य सोमबार १०० रुपैयाँले बढेको छ ।  आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबा...

थप पढ्नुहोस्

काठमाडौं:  ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्।  आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्...

थप पढ्नुहोस्