पिएम कप: एपिएफको विजयी सुरुवात

पाेखरा | जेठ ८, २०८२

पिएम कप: एपिएफको विजयी सुरुवात

पोखरा:    पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । 


एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित ग¥यो । 


अहिले महिलातर्फ नै त्रिभुवन आर्मी क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले १÷१ सेट आफ्नो पक्षमा पारेका छन् । 


आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्