एनएसएलको उपाधि रक्षा गर्ने दाउमा ‘ललतिपुर सिटी’
आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्स भिड्दै
काठमाडाैं | बैशाख ७, २०८२
काठमाडौं: डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीले धनगढी एफसीलाई २–१ ले हराउँदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेश गरेसँगै ललितपुर उपाधि रक्षा गर्ने दाउमा छ ।
खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । यद्यपी ललितपुरको जीतमा खेलको ५७ औं मिनेटमा पाएको फ्रिकिकको अवसरलाई बेलफोर्टले गोलमा परिणत गरिदिए ।
यता धनगढीका लागि ६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे । र खेल बराबरीमा फर्कियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७९ औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्याे । पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए ।
चार डिफेन्डरले उनलाई रोक्न सकेनन् । करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो । उक्त गोल नै निर्णायक बन्यो ।
आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ । धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

