पोखरा–३२ मा पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल, उपमेयरले गरिन् उद्घाटन

पाेखरा | बैशाख ६, २०८२

पोखरा–३२ मा पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल, उपमेयरले गरिन् उद्घाटन

पोखरा:   नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ ।

 

तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।

 

समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको लागतमा उक्त कभर्ड हल निर्माण गरेको हो ।

 

कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका समाजका अध्यक्ष तुलबहादुर पुर्जा पुनले पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको सहयोग र जनसहभागिता सहित कभर्ड हल निर्माण गरिएको बताए ।

 

युवालाई खेलकुद मार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको उनले उल्लेख गरे ।

 

उद्घाटन समारोहमा आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष भीमप्रसाद पुनले पुन मगर समाजका सदस्यले ६ लाख ४९ हजार ३ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेको बताए ।

 

पटक–पटक गरी समाजका सदस्यबाट १० लाख २३ हजार ७ सय ८९ रुपैयाँ नगद सहयोग संकलन गरेको उनले सुनाए ।

 

उनका अनुसार कभर्ड हल निर्माणका लागि महानगरपालिकाको ३२ नम्बर वडा कार्यालयबाट आर्थिक वर्ष ०७७÷७८ मा १ लाख रुपैयाँ प्राप्त भएको थियो ।

 

आर्थिक वर्ष ०७८÷०७९ मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १५ लाख र आर्थिक वर्ष ०७९÷८० मा पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ प्रदान गरेको थियो । 
 

कभर्ड हल उद्घाटन गर्दै महानगर उपप्रमुख गुरुङले खेल पूर्वाधार निर्माणले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताइन् ।

 

‘शारीरिक र मानसिक रुपमा स्वस्थ रहँदै दक्ष खेलाडी उत्पादन गर्न कभर्ड हलले भूमिका खेल्नेछ,’ उनले भनिन् । उद्घाटन समारोहमा कभर्ड हल बनाउन सहयोग गर्ने संघसंस्था, चन्दादातालाई सम्मान गरिएको थियो । 
 
 

पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

थप पढ्नुहोस्

पोखरा:  धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।   हेमजाको फुर्केट...

थप पढ्नुहोस्

काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

थप पढ्नुहोस्