स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु

स्याङ्जा | चैत ३१, २०८१

स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु

पोखरा:    जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला सुरु’ भएको छ ।

 

‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित हरेक वर्षको चैत्र पुर्णिमादेखि पञ्चमीसम्म हुँदै आएको  ऐतिहासिक मेला शनिबारदेखि सुरु भएको हो ।

 

उक्त मेलाको उद्घाटन प्रमुख अतिथिसमेत रहेका बबता सेन ठकुरीले गरे । 

 

सो अबसरमा बोल्दै समाजसेवी ठकुरीले ग्रामिण तथा खेल पर्यटनको विकास गर्न उक्त मेलाले सघाउ पुर्याउने धारणा राखे । 

 

उनले काल्खुगाउँ तथा आसपासको विकासका लागि ऐतिहासिक मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 

ठकुरीले आगामी दिनमासमेत उक्त मेलालाई भव्य बनाउका लागि आफ्नो तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

 

मेलाको उद्घाटनका क्रममा स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमार्फत विजेता र उपविजेता घोषणा गरिएको क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले जानकारी दिए । 

 

उनका अनुसार कुल ६ समूहको सहभागिता रहेको सो प्रतियोगिताबाट जागृती टोल विकास संस्था प्रथम बन्दै नगद रु १० हजारसहित पुरस्कृत बन्यो । जागृती टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो ।

 

यस्तै उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेकोक थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्याे । 

 

अब भलिबलका खेलहरु हुने क्लबका अध्यक्ष दिपक रानामगरले बताए । उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१

 

हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।

 

सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।

 

यसैगरी मेलामा खुला नृत्य प्रतियोगितालाई पनि समावेश गरिएको छ ।

 

नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने अध्यक्ष रानामगरले जानकारी दिए । 

 

उनका अनुसार नववर्षको दिन ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुती दिनेछिन् । भने, २ गते रेशम थापामगर, अर्चना चापागाँई र हो गुरुङले प्रस्तुती दिनेछन् ।

 

उद्घाटन समारोहमा राप्रपाका केन्द्रीय सदस्य हुकुम सिं राना, लिल बहादुर राना, इश्वर राना लगायतले बोलेका थिए ।

 

क्लबका  अध्यक्ष दिपक रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, खिब बहादुर रानाले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्