फोटो पत्रकार युनिश गुरुङलाई बुद्धिचाल प्रतियोगिताको उपाधि
पाेखरा | चैत ३१, २०८१
पोखरा: पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् ।
माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् ।
प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए ।
यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका सम्पादक सुरज श्रेष्ठ छैठौ र महेश भण्डारी सातौं भए ।
उपाधि विजेता गुरुङ राष्ट्रिय समाचार समिति (रासस), समाधान दैनिक पत्रीका, अमेरिकी समाचार संस्था दि एसोसियटेड प्रेस–एपीमा आवद्ध छन् ।
प्रतियोगितामा प्रथम भएका गुरुङले ५ हजार नगदसहित मेडल, प्रमाणपत्र टफी प्राप्त गरे । द्धितिय भएका क्षेत्रीले ३ हजार र तृतीय भएका श्रेष्ठले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भने, चौथो, पाँचौ, छैठौं र सातौ भएकाहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

