इन्गेजमेन्ट तोड्दै मेलिना भन्छिन्, ‘कमजोर साधन चढेर बलियो साध्य चुम्न कठिन हुनेरैछ’

काठमाडाैं | साउन २०, २०७९

इन्गेजमेन्ट तोड्दै मेलिना भन्छिन्, ‘कमजोर साधन चढेर बलियो साध्य चुम्न कठिन हुनेरैछ’

काठमाडौं:  गायिका मेलिना राईले प्रेमी म्युजिसियन सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोडेकी छिन् ।

 

सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको घोषणा गरेकी उनले आज (शुक्रबार) आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको स्पष्ट पारेकी हुन् ।

 

संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग गत बैशाखमा इन्गेजमेन्ट गरेको सार्वजनिक गरेकी थिइन् ।

 

फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने बताउदै लेखेकी छिन्, ‘केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । 

 

एउटा  परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । 

 

धेरै समिक्षा आत्मसमिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

 

फेरि सबै इङ्गेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यहि सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु ।’

 

उनले उक्त घटनाको विषयमा आफ्ना आफन्त तथा शुभचिन्तकहरुलाई क्षमायाचना समेत गर्दै भनेकी छिन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

 

 

इन्गेजमेन्ट’ गरेका प्रेमि म्युजिसियन सञ्जीव बराइलीसँग

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।   सभामुख...

थप पढ्नुहोस्

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेल...

थप पढ्नुहोस्

काठमाडौं:   अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ...

थप पढ्नुहोस्