पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’, आइटीको विकसित पाठ्यक्रमबारे वृहत छलफल

पाेखरा | चैत २६, २०८१

पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’, आइटीको विकसित पाठ्यक्रमबारे वृहत छलफल

पोखरामा डिजी स्कुल गण्डकी प्रदेशको आयोजना तथा तेजारथ ग्रुपको समन्वयमा आइटीको विकसित पाठ्यक्रमबारे छलफल सम्पन्न भएको छ  ।

 

बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न भएको हो ।

 

सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम र यसको उपयाेगिताको बारेमा डिजी स्कुलका सिइओ राजु बानियाँले प्रष्ट पारे ।

 

उनले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले स्कुल लेभलमा आइटी कोर्सको जरुरी रहेको उल्लेख गरे । उनले सोही प्रकारको आवश्यकता महसुस गरेर आइटीको विकसित र विस्तृत पाठ्यक्रम नेपाल भित्राइएको बताए । 

 

 

यस्तै सफ्टेड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमा ल्याइएको आइटी कोर्स व्यापारिक प्रयोजनका लाग नभई शैक्षिक अभियान भएको बताए ।

 

‘अहिलेको युग आइटीको युग हो । त्यसैले हामीले ल्याएको करिकुलम विकसित र विस्तृत छ, उनले भने, ‘यो व्यापारिक प्रयोजन नभएर शैक्षिक अभियानका रुपमा अघि सारेका हौं ।’ 

 

कार्यक्रममा सफ्टेडका डाइरेक्टर प्रमोद पौडेलले आइटीको महत्वबारे प्रकाश पार्दै अहिलेको शैक्षिक संस्थाहरुमा उक्त आइटी कोर्स अतिआवश्यक रहेको बताए । 

 

डिजी गु्रपका स्ट्राटिजी हेड सुमन बस्यालले डिजीस्कुलले ल्याएको उक्त पाठ्यक्रमको महत्व, प्रयोग, र उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे ।

 

कार्यक्रममा सफ्टेड ग्रुपका डाइरेक्टर अमृत थापा, करिब ३ भन्दा बढी स्कुलका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

 

डिजी स्कुलले सन् २०१९ मा बेलायतको एनसिसी एजुकेशनको सहकार्यमा सो आइटी कोर्स नेपाल भित्राएको थियो । 

 

उक्त पाठ्यक्रम स्कुलले लिन चाहेमा प्रत्येक विद्यार्थीबापत प्रतिवर्ष नेपाली ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने डिजी स्कुलले जनाएको छ । 
 

डिजी स्कुलका गण्डकी प्रतिनिधि तेजारथ ग्रुपका किसान सुनारको अध्यक्षतामा भएको कनेक्ट एण्ड लिड कार्यक्रमको सञ्चालन प्रशंसा अर्यालले गरेकी थिइन् ।

 


 


 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्