हेमजामा आलु महोत्सव सुरु
महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने
पाेखरा | चैत २४, २०८१
पोखरा -२५ हेमजामा आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ: आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित आजदेखि आलु महोत्सव सुरु भएको हो ।
आगामी बैशाख ३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे ।
सो अवसरमा बोल्दै उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने महोत्सवले टेवा पुर्याउने धारणा राखे ।
हेमजा क्षेत्रमा उत्पादन हुने आलुको विशेष पहिचान भएको उल्लेख गर्दै उनले कृषिजन्य वस्तुको उत्पादनमा बढावा दिनुपर्नेमा जोड दिएका थिए ।
उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।
त्यस्तै कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको छ ।
महोत्सव प्रवेशका लागि साधारणतर्फ रु. ८० तथा विद्यार्थीका लागि ५० दरको टिकट व्यवस्था गरिएको छ । त्यस्तै नगद रु २ सयमा महोत्सव अवधिभरका लागि स्थानीय पासको बन्दोबस्तसमेत मिलाइएको महासचिव हिम्मत थापाले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोबार हुनेछ ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिदैं आएको छ ।
महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु हुने र उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल पुगेको थियो ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

