हेमजामा आलु महोत्सव सुरु

महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने

पाेखरा | चैत २४, २०८१

हेमजामा आलु महोत्सव सुरु

पोखरा -२५ हेमजामा आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।

 

‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ: आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित आजदेखि आलु महोत्सव सुरु भएको हो ।

 

आगामी बैशाख ३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे ।

 

सो अवसरमा बोल्दै उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने महोत्सवले टेवा पुर्याउने धारणा राखे ।
 

हेमजा क्षेत्रमा उत्पादन हुने आलुको विशेष पहिचान भएको उल्लेख गर्दै उनले कृषिजन्य वस्तुको उत्पादनमा बढावा दिनुपर्नेमा जोड दिएका थिए ।

 

उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।

 

त्यस्तै कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको छ ।
 

महोत्सव प्रवेशका लागि साधारणतर्फ रु. ८० तथा विद्यार्थीका लागि ५० दरको टिकट व्यवस्था गरिएको छ । त्यस्तै नगद रु २ सयमा महोत्सव अवधिभरका लागि स्थानीय पासको बन्दोबस्तसमेत मिलाइएको महासचिव हिम्मत थापाले जानकारी दिए ।

 

उनका अनुसार महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोबार हुनेछ ।

 

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिदैं आएको छ ।

 

महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु हुने र उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल पुगेको थियो ।


 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्