रवीन्द्र र धवलसहित ४१ जनामाथि ६ दिन म्याद थप

काठमाडाैं | चैत २१, २०८१

रवीन्द्र र धवलसहित ४१ जनामाथि ६ दिन म्याद थप

तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलशमशेर राणासहित ४१ जनामाथि ६ दिनकाे म्याद थप गरिएकाे छ।

 

चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भन्दै पक्राउ परेका ४१ जनामाथि दोस्रो पटक म्याद थप भएको हो।

 

चैत १७ गते उनीहरूमाथि पाँच दिनको म्याद थप भएको थियो। थप अनुसन्धान गर्नुपर्ने माग गर्दै काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो।

 

पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्