गण्डकीकै पहिलो फोर के प्रविधिको पब्लिक टिभीको परीक्षण सुरु

पाेखरा | साउन १७, २०७९

गण्डकीकै पहिलो फोर के प्रविधिको पब्लिक टिभीको परीक्षण सुरु

 

पोखरा ।  गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरेका हुन् ।

 

उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’

 

मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि निखारिएका व्यक्तिहरु पब्लिक टिभीसँग जोडिएकाले आफ्नो कर्ममा सफल हुने मन्त्री थापाको भनाइ थियो । उनले समाजमा लुकेर रहेका विषयको उजागर गर्न शुुभकामना दिए । ‘यसले पोखरामा एउटा उत्कृष्ट मिडियाको पहिचान बनाउन सकोस्,’ उनले भने, ‘समाजमा देखिएका, नदेखिएका विकृति, विसंगतिलाई उजागर गर्न र जनताहरुको आवाज बोल्न सक्ने बनोस् ।’ 

 

टिभीका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा अवस्थामा पछिल्लो  प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको बताए । मिडिया क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका अनुुभवी जनशक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए । ‘यस टेलिभिजन समाचार, मनोरञ्जनको माध्यममात्रै नभई सूचना सम्प्रेषण, जनता र सरकारबीच पुलको काम गर्ने र आवाजविहीनको आवाज बोल्ने वाहकको रुपमा यसलाई विकास गर्नेछौंं,’ उनले भने ।

 

टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षौ अघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताए । उनले बार्दली मिडियाले ५ वर्ष अघिबाटै टिभीका लागि योजना बनाइरहेको सुनाए । उनले भने, ‘यसलाई हामी आजको आवश्यकता बमोजिम कन्टेन्टबेस बनाएर अघि बढ्छौं ।’ निकट भविश्यमा अनलाइन पोर्टल पनि सुरु गर्ने र टिभीलाई अहिलेका सबै सामाजिक सञ्जाल एक साथ हेर्न मिल्ने बनाइने क्षेत्रीले बताए । 

 

नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भएपनि पब्लिकले केन्द्रीय स्तरको परिचय दिने र आफैं केन्द्र हुने शुभेच्छा प्रकट गरे । पब्लिक टिभीका समाचार प्रमुख अमृत सुवेदीले मिडियाको संख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।  
 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्