मगर सेवा समाज माझखर्कलाई खुल्ला धनुषवाणको उपाधि, दुर्गबहादुरलाई एकलतर्फको उपाधि
बाग्लुङ | फागुन १३, २०८१
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवसको अवसरमा आयोजित खुल्ला धनुषवाण प्रतियोगिताको उपाधि मगर सेवा समाज माझखर्कले जितेको छ ।
४३ औं मगर दिवसको अवसरमा मगर सेवा समाज माझखर्कले आयोजना गरेको खुल्ला धनुषवाण प्रतियोगितामा ६ िटमलाई पछि पार्दै आयोजक समेत रहेको मगर सेवा समाज माझखर्कले उपाधि जितेको हो ।
यस्तै प्रतियोगितामा सयपत्री हाइड्रोपावर दोस्रो र होली पूर्णिमा युवा क्लब ताराखोला तेस्रो भए । प्रतियोगितामा प्रथम भएको मगर सेवा समाज माझखर्कले १५ हजार, उपविजेता भएको सयपत्री हाइड्रोपावरले १० हजार र तृतीय भएको होली पूर्णिमा युवा क्लबले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै खुल्ला धनुषवाण प्रतियोगिता एकलतर्फ सयपत्री हाइड्रोपावरका दुर्ग बहादुर घर्तीमगरले उपाधि जिते । उपाधि जितेका घर्तीमगरले १० हजार हात पारे । यस्तै मगर सेवा समाज माझखर्कका खर्कबहादुर घर्ती मगरले द्धितिय हुर्दै ६ हजार र होली पूर्णिमा युवा क्लबका प्रदीप घर्ती मगर तृतीय हुँदै ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
४३ औं मगर सेवा समाज माझखर्कको आयोजनामा गरिएको विविध कार्यक्रम मध्य आजदेखि खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको भलिबल प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए ।
उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार र तृतीय हुने टिम १४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ ।
मगर सेवा समाज माझखर्कले आयोजना गरेको कार्यक्रम फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

