माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पूरा, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता

पाेखरा | फागुन १३, २०८१

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पूरा, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकामा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । 
माछापुच्छ्रे  गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए हो । 


माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले फागुन १४ देखि १७ गते सम्म हुने  गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको बताए । 


‘माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नम्बर ७ को व्यस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको संयोजनामा गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यमा हुने प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष गुरुङले भने, ‘ तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप यसपटक माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा सञ्चालन गर्दै छौं ।’


उनका अनुसार फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । 


पुरुषतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने २ टिमलाई ५०÷५० हजार रुपैयाँसहित ट्रफी मेडल, र प्रमाणपत्र प्राप्तगर्ने छन् । यस्तै महिलातर्फको विजेताले १ लाख, उपविजेताले ५० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले २५÷२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।


प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाइनलमा पराजित हुने टिमले प्राप्त गर्ने पुरस्कार राशीमा तोकिए बमोजिम नियमानुसार करकट्टी गरी पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । 


प्रतियोगितामा महिला तथा पुरुष विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोखो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गाउँपालिकाले जनाएको छ । 


गाउँपालिका ७ धम्पुसमा सञ्चालन हुने प्रतियोगितामा दर्शकहरुका लागि अवलोकनका लागि प्याराफिट निर्माण गरिएको छ भने, खेल अवधिभर होटल तथा होमस्टेमा १ हजार रुपैयाँका दरले खाना, खाजा र आवासको प्याकेज उपलब्ध हुनेछ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्