विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान

पर्वत | फागुन ९, २०८१

विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान

पर्वत:  जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । 

    
जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जानकारी दिनुभयो । 


“अहिले पनि समाजमा जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार कायमै हुनु दुःखद कुरा हो । यस्ता कुप्रथा अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछूत मुक्त गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागू गरिएको हो”, उहाँले भन्नुभयो । 

    
गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा देखिएको जातीय छुवाछूत र विभेद अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीहरूले १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताउनुभयो । 


आर्थिक वर्ष २०८१/८२ को लक्षित वर्ग तर्फको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत जिल्लामै पहिलोपटक यस्तो कार्यक्रम  गर्न लागिएको हो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्