घान्द्रुक पर्यटन महोत्सव: भलिबल र बास्केटबलका लिग चरणका खेल जारी
पाेखरा | फागुन ८, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो दिन २ खेल सम्पन्न भएको छ । पहिलो खेलमा माछापुच्छ«े घान्द्रुकले आयोजक रातोलाई २–० को सेटमा पराजित ग¥यो । दोस्रो खेलमा अन्नपूर्णले आयोजक निलोलाई २–० को सेटमा पराजित ग¥यो ।
५ टिमको सहभागिता रहेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।
यस्तै पुरुष बास्केटबलतर्फ पहिलो खेलमा घान्द्रुक टुरिजमले टिम घान्द्रुकलाई ३०–२० ले पराजित ग¥यो । दोस्रो खेलमा टिम सामाकुसीले सिक्लेस युवा क्लबलाई ३८–३६ ले पराजित ग¥यो ।
तेस्रो खेलमा गण्डकी प्रदेशले माछापुच्छ«े युवा क्लबलाई ४१–२७ ले पराजित ग¥यो । चौथो खेलमा मेश्रम युवा क्लब कोट गाउँ घान्द्रुकले अन्नपूर्ण युवा क्लब किम्चेलाई २७–१८ ले पराजित ग¥यो ।
महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु भइरहेका छन् । महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।
पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।
घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

