चिप्ली गाउँमा फागुन १३ देखि महाशिवरात्री मेला, भलिबलको उपाधि राशी ७० हजार

पाेखरा | फागुन ५, २०८१

चिप्ली गाउँमा फागुन १३ देखि महाशिवरात्री मेला, भलिबलको उपाधि राशी ७० हजार

पोखरा:  कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन १३ देखि १५ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । 


चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन १३ देखि महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । 


‘मादी गाउँपालिका–६ चिप्ली गाउँमा सामजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३७ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’


उनका अनुसार महाशिवरात्री मेलामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी, टोलस्तरीय बास्केटबल प्रतियोगिता र, घैटो फुटाई प्रतियोगिता आयोजना गरिएको छ । 


क्लबका अध्यक्ष गुरुङका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 


यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । 


यस्तै मेलाको अवसरमा टोल स्तरीय पुरुष बास्केटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । बास्केटबल प्रतियोगिताको विजेतालाई बोका र उपविजेतालाई भाले, मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गर्ने आयोजकले जनाएको छ । 


मेलाको अवसरमा आयोजित घैटो फुटाई प्रतियोगिताको विजेताले ३ हजार रुपैयाँ र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । मेलामा आयोजित छेलो, रस्साकस्सी, टोलस्तरीय पुरुष बास्केटबल प्रतियोगिता र घैटो फुटाई प्रतियोगितामा दर्ता शुल्क निशुल्क रहेको क्लबका सचिव अमृतमान गुरुङले बताए । 


फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने महाशिवरात्री मेलामा राष्ट्रिय तथा पोखराको आदिमकला मञ्चका कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरुसमेत आयोजना गरिएको क्लबका सचिव गुरुङले बताए । 


महाशिवरात्री मेलाको मुख्य प्रायोजकमा मादी गाउँपालिका र सहप्रायोजकमा चिप्ली समाज युके रहेको क्लबका निवर्तमान अध्यक्ष विशाल गुरुङले जानकारी दिए । 


‘महाशिवरात्री मेलालाई स्थानीय सरकार मादी गाउँपालिका मुख्य प्रायोजक र सहप्रायोजकमा चिप्ली समाज युके रहेको छ’, गुरुङले भने, ‘मेलाको अवसरमा आयोजित प्रतियोगिताले आपसी भाइचारासँगै ग्रामिण क्षेत्रबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’


फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटन १४ गते मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गर्ने क्लबका निवर्तमान अध्यक्ष गुरुङले बताए । 


कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ । 


 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्