बिटी कपमा सोमबार क्वाटरफाइनलका खेल हुने
पाेखरा | माघ २७, २०८१
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ ।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी भिड्ने छ ।
तेस्रो क्वाटरफाइनल खेल बिग सिटी लेकसाइड र स्याङ्जा एफसी प्रतिस्पर्धा गर्नेछ । भने, अन्तिम क्वाटरफाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए ।
उनका अनुसार प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

