बिटी कपमा सोमबार क्वाटरफाइनलका खेल हुने
पाेखरा | माघ २७, २०८१

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ ।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी भिड्ने छ ।
तेस्रो क्वाटरफाइनल खेल बिग सिटी लेकसाइड र स्याङ्जा एफसी प्रतिस्पर्धा गर्नेछ । भने, अन्तिम क्वाटरफाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए ।
उनका अनुसार प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...
पोखरा: पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिह...