टाइगर कप: पुलिसलाई पराजित गर्दै न्यू डायमण्ड महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश
पाेखरा | माघ १७, २०८१
पोखरा: नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमण्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
न्यू डायमन्डले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो ।
यसअघि न्यू डायमण्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष स्थान र न्यू डायमण्ड ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेका थिए ।
न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।
अब आजको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल सुरु हुनेछ ।
उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।
आजको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

