टाइगर कप: पुलिसलाई पराजित गर्दै न्यू डायमण्ड महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश
पाेखरा | माघ १७, २०८१
पोखरा: नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमण्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
न्यू डायमन्डले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो ।
यसअघि न्यू डायमण्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष स्थान र न्यू डायमण्ड ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेका थिए ।
न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।
अब आजको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल सुरु हुनेछ ।
उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।
आजको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

