फागुन ३ गते भिमप्रसादको स्मृतिमा 'मुस्ताङ कप' हुँदैं

पाेखरा | माघ १५, २०८१

फागुन ३ गते भिमप्रसादको स्मृतिमा 'मुस्ताङ कप' हुँदैं

पोखरा:   मुस्ताङ फेमेलीले स्वर्गीय भिमप्रसाद गौचनको स्मृतिमा पहिलो संस्करणको ‘मुस्ताङ कप खुला फाइभ ए साइड फुटसल’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

 

पोखराका ११ स्थित रानीपौवा स्पोटस् सेन्टरमा आगामी ३ गते स्वर्गीय भिमप्रसादको सम्झनामा फुटसल प्रतियोगिता अयोजना गर्ने संयोजक टाँसी गुरुङले जानकारी दिए ।

 

उनका अनुसार उक्त प्रतियोगितामा मुस्ताङ भित्रका स्थायी बासिन्दाले मात्र खेल्न पाउनेछन् । 

 

संयोजक गुरुङले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने र स्थानीय खेलाडीलाई प्रोत्सहान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए ।

 

उनले आगामी वर्षपनि उक्त प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए ।

 

सो प्रतियोगिताको विजेताले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले  नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 

यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।

 

सो प्रतियोगिताको मुख्य प्रायोजन स्व. भिमप्रसाद गौचनको जापानमा कार्यरत छोरा बुद्धि गौचन र जित गौचनले गरेका छन् ।

 

प्रतियोगिता सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

टिम दर्ता फोनमार्फत (९८१६१९३४५३, ९८६७६४४४६०, ९८०२८५०७७८) पनि गर्न सकिने अयोजकले जनाएको छ ।


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्