अमेरिकामा टिकटक सेवा पुन: सञ्चालन

काठमाडाैं | माघ ७, २०८१

अमेरिकामा टिकटक सेवा पुन: सञ्चालन

काठमाडौें:    टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरु गरेको छ । 


टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्तासम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ ।


राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो ।


टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।


–चीनको आग्रह–


राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू भएपछि चीनले सोमबार संयुक्त राज्य अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो ।


“अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो ।


माओले भन्नुभयो, “टिकटक धेरै वर्षदेखि संयुक्त राज्य अमेरिकामा सञ्चालन भइरहेको छ र अमेरिकी प्रयोगकर्ताहरूले यसलाई गहिरो प्रेम गर्छन । यसले अमेरिकामा घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको छ ।”

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्

म्याग्दी:   यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।  कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र ...

थप पढ्नुहोस्