मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो,  आगामी शनिबार ग्राण्ड फिनाले

पाेखरा | माघ ५, २०८१

मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो,  आगामी शनिबार ग्राण्ड फिनाले

पोखरा:    मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।


बैदाम तामाङ सेवा समाजको आयोजनामा  नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।


प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले बुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए ।  प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पुर्णिमा थिंङ्ग तामाङले लिम्वु जातिको प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए ।


यसैगरि अर्का प्रतियोगी सुनिता तामाङले आफुले  उनीको धागोबाट तयार पारेका बिभिन्न हस्तकलाका सामाग्री प्रर्दशनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाउका थिए ।  शिशा लामाले आफै गिटा बजाउदै गीत गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए ।


यसैगरि अर्का प्रतियोगी पुर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए ।


यस अघि कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीहरुलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारे जानकारी गराउँदै ब्यक्तित्व विकासका लागि यो कार्यक्रमलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने  बताए । 


नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताए । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो रहन पर्नेमा जोड दिए ।


बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सन्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए । 


प्रतिभा प्रस्फुटन कार्यक्रममा निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कन्चन थापा, एसके डान्स स्कुलका सन्चालक एवम सुपरमम् २०७१ एपविजेता माया लामा रहेका थिए ।  


सोनाम ल्होसारको अवसरमा माघ १२ गते पोखरा सभागृहमा हुन लागेको प्रतियोगिहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको छ ।  तालिममा  पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, बैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए ।


यसैगरि अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रितिरिवाजका बारे नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले नृत्य कला सिकाएका थिए । 


यसगरि विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ व्युटी एकेडेमीका सौन्दर्यविद चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक एवम फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी र नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले लिडरसिपका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।


माघ १२ शनिबार हुने ग्राण्ड फिनालेमा विशाल काल्तान लगायतका कलाकारको प्रस्तुती रहनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्