समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

काठमाडाैं | माघ ५, २०८१

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

सिरहा:    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पार्नुभएको छ । 

    
बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताउनुभयो ।

    
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताउनुभयो । 


मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । 

मनाङ:     पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछ...

थप पढ्नुहोस्

हेटौंडा:   भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं:     चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ ।      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत...

थप पढ्नुहोस्