घलेल ल्होछार उत्सव सकियो, घान्द्रुक किम्चेलाई भलिबलको उपाधि

पाेखरा | पुस २३, २०८१

घलेल ल्होछार उत्सव सकियो, घान्द्रुक किम्चेलाई भलिबलको उपाधि

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा  सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको  छ ।

 

आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो ।

 

उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको धम्पुसलाई नगद रु ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । 

 

उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरे ।

 

यस्तै महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै एलिट च्याम्पियन बन्यो ।

 

 

उनीहरुले क्रमश: ३० हजार, २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । सो खेलबाट एलिट भलिबलकी पुजा सेन ठकुरी सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत बनिन् ।

 

यस्तै प्रौढतर्फ युनाइटेड किङ्स क्लबले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै किङ्स विजयी बन्यो । उनीहरुले क्रमशः बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।

 

 

उक्त विधामा किङ्सका राम छन्त्याल​ सर्वाेत्कृष्ट खलाडीका रुपमा पुरस्कृत भए ।

 

घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गरे ।

 

यस्तै गरी विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने । 

 

 

प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश: नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

 

यस्तै सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो भने, पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै क्रमश: ३० हजार र २० हजार तथा प्रमाणपत्रसहित पुरस्कत भए ।  

 

 

उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुुर गुरुङ, वडा ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम समाजसेवी बम बहादुर गुरुङ (नगद रु १ लाख सहयोग) क्लबका सल्लाहकारहरु, सहयोगीदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

बौद्ध सृजना युवा क्लबको आयोजनामा गत १५ गतेबाट सुरु भएको उत्सवमा चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:   गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार  सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्...

थप पढ्नुहोस्

नवलपरासी:   बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।       पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित ...

थप पढ्नुहोस्