ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडाैं | साउन १२, २०७९

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

 


तम्घास:  गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

 

ट्याक्टरबाट लडेर घाइते भएका परियारको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा थप उपचारको क्रममा राति २ बजे मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्