ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
काठमाडाैं | साउन १२, २०७९
तम्घास: गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
ट्याक्टरबाट लडेर घाइते भएका परियारको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा थप उपचारको क्रममा राति २ बजे मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

