पोखरामा नवौँ राष्ट्रिय खेलकुदः खेल मैदान निरीक्षणको चटारो
कास्की | साउन ११, २०७९
पोखरा: ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ ।
खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली तनहुँको शुक्लागण्डकी नगरपालिका–८, गणपतिस्थित खेलमैदानको अवलोकन गर्न पुगेको हो ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरेका हुन् । गणपति खेलमैदानलाई क्रिकेट लागि उपयुक्त हुन सक्ने प्रदेश खेलकुद परिषदका सदस्य गुुरुङले बताए ।
संयोजक गुरुङले उक्त मैदानलाई निर्माण गर्नुपर्ने बताउदै फास्ट ट्रयाकमा काम गर्न आग्रह गरे । उनले मैदान निर्माणका लागि थोरै समय रहेको उल्लेख गर्दै यथाशिघ्र काम सुरु गर्नुपर्नेमा जोड दिए ।
उनले लआगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘बोर्डको मिटिङ १५ गते छ । त्यसमा हामीले निरिक्षण गरेका मैदानहरुको स्थितिको बारेमा रिपोर्टिङ गर्छाैं । त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । क्रिकेट प्रतियोगिताको लागि यो मैदानमा सम्भावना छ ।’ गुरुङले भने ।
रङ्गशाला बनाउने लक्ष्य छ: मेयर पण्डित
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गणपति खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने बताए ।
बुधबार स्थलगत अवलोकनमा पुगको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितको खेलस्थल व्यवस्थापन उपसमितिको टोलीसँग बोल्दै नगरप्रमुख पण्डितले तत्काललाई क्रिकेटको लागि मैदान निर्माण गर्ने प्रतिवद्धता जनाए ।
उनले उक्त मैदानलाई रङ्गशालाको रुपमा विकास गर्नका लागि नगरपालिकाबाट ५० र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको बताए ।
‘अहिले १ करोडको बजेट छ । यो मैदानलाई तत्काल क्रिकेटको लागि निर्माण गर्छाै त्यसपछि क्रमश फुटबल र भलिबलको मैदानलाई पनि पूर्णता दिन्छौं, उनले भने, ‘ यदि मैदानहरु बन्यो भने जिल्लाको खेलकुद विकासमा सहयोग पुुग्छ ।’
गुरुङ नेतृत्वको टोली गत ४ दिनदेखि सम्भावित खेलस्थल अवलोकनमा निकै व्यस्त हुदै आएको छ । आज तनहुँ पुगेको टोली भोली (बिहिबार) स्याङ्जाको वालिङ मैदानको निरिक्षणका लागि पुग्ने छ । भने शुक्रबार म्याग्दीको यात्रामा निस्कने कार्यक्रम तय गरेको छ ।
यसअघि सो टोलीले टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।
आजै (बुधबार) पोखरा २७ भण्डारढिकस्थित फुटबल मैदान र माछापुच्छे« क्रिकेट क्लबको खेलमैदान लगायतको निरिक्षण गरेको थियो ।
आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल मध्ये २ खेल काठमाडौं, ३४ खेल पोखरामा सञ्चालन हुने र २ वटा खेल प्रदर्शन गर्ने राखेपले जनाएको छ ।
काठमाडौं: जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने...
नवलपरासी: गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...
काठमाडौं: भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

