सर्वाधिक राशीको दोहोरी गीत प्रतियोगिताको तयारी पुरा, ४६ समुह आम्नेसाम्ने हुदैं
कास्की | साउन ११, २०७९
पोखरा : लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता तयारी पुरा भएको छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा आयोजना गर्ने स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले नेपालमा पहिलो पटक आयोजना भएको सर्वाधिक धनराशीको खुल्ला दोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको बताउदै प्रतियोगितामा देशभरबाट ४६ समुहको सहभागिता रहने बताए ।
उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ ।
उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए ।
उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।
उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।
स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

