कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन हो : नेता सिंह
काठमाडाैं | पुस ८, २०८१
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ ।”
हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिनुभयो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उहाँले बताउनुभयो ।
पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।काठमाडौंवासीले भोगेका पीर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गर्नुभयो ।
१ सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि नेता कृष्णप्रसाद सिटौला खटिनुभएको छ ।
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...

