प्रदीप मेमोरियल बास्केटल: महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने
पुरुषको सेमिफाइनल समिकरण
पाेखरा | पुस ५, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् ।
पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार शनिबार उपाधिका लागि भिड्नेछन् ।
यस्तै पुरुषतर्फ भने सेमिफाइनल समिकरण पुरा भएको छ ।
पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अङ्कले पराजित गर्याे । यस्तै दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० अङ्कले पराजित गर्याे।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ अङ्कले पराजित गर्याे। चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अङ्कले हरायाे ।
शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला/पुरुषको फाइनल खेल सञ्चालन हुने संयोजक गुरुङले बताए ।
खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

