१०० दिने अभियानका लागि कास्की कांग्रेसले खटायो प्रतिनिधि
पाेखरा | मंसिर २४, २०८१
पोखरा: नेपाली कांग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ ।
कास्की कांग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
सहसचिव एवं प्रवक्ता सिग्देलका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्ने बताए । कांग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ छ ।
कास्की काँग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक बसेर सुझाव संकलन गरी प्रतिनिधि खटाएको हो ।
वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बताए । ‘अभियान प्रभावकारी रुपमा संचालन हुन्छ, सभापति बरालले भने, अभियानले पार्टी शशक्त बनाउन ठूलो सहयोग गर्ने छ ।’
चितवन: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताउनुभएको छ । यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रमम...
काठमाडौं: जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्...
चितवन: तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण ग...