यु-१९: अफगानिस्तानविरूद्ध नेपाल विजयी
काठमाडाैं | मंसिर १८, २०८१
                                
                            एसिसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानसँग एक विकेटको जित हात पारेको हो।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो।
एसिसी यु-१९ एसिया कपमा नेपालको यो पहिलो जित हो।
नेपालका लागि नरेन साउँदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२ रन र अर्जुन कुमालले २१ रन बनाएका थिए।
अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो।
खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे।
अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे। त्यसपछि पनि नेपाली बलरले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानको इनिङ्ग्स स्लो भएको थियो।
युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले अफगानिस्तानका मध्यक्रमका ब्याटरलाई खुलेर खेल्न दिएनन्। दुवैले तीन तीन विकेट लिए। युनिसले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए। सन्तोषले ४.४ ओभरमा २२ रन दिए।
कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए।
समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...
                    
