कप्तान शाहको अर्धशतक: एनपिएलमा जनकपुर बोल्ट्सकाे दोस्रो जित
काठमाडाैं | मंसिर १७, २०८१
कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ ।
सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि ओपनर तथा कप्तान अनिलले सर्वाधिक ६२ रन बनाए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । उनले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।
कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले २९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । आसिफ मौषम ढकालको बलमा १०औं ओभरको चौथो बलमा आउट भए ।
लाहिरु मिलन्थाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए । लगातार दुई खेलमा जितका साथ ४ अंकका साथ जनकपुर शीर्ष स्थानमा रहेको छ ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
एनपिएलमा मंगलवार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी ...
पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ । कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएक...
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

