सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
सिन्धुपाल्चोक | मंसिर ६, २०८१
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्रसिंह थापाका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ ।
सातवटै प्रदेश र थप तीन विभागीय टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको रहेको संयोजक थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।
आयोजकले सम्पूर्ण खेलप्रेमीलाई सो अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरेको छ ।
सुकुटे करिडोरमा पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिताले थप योगदान दिने अपेक्षा गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

