यु–१९ विश्वकप क्रिकेटमा छनोट भएका गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

पाेखरा | मंसिर १, २०८१

यु–१९ विश्वकप क्रिकेटमा छनोट भएका गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

पोखरा:    युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट हुन सफल नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका खेलाडीलाई पोखरामा स्वागत गरिएको छ ।


प्रादेशिक क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एक ¥यालीसहित पोखरा रंगशालामा स्वागत गरेका थिए । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीसहित विभिन्न खेल संघ र खेलाडीहरुले रंगशालामा स्वागत गरेका थिए ।


यु १९ राष्ट्रिय टिममा गण्डकीबाट सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सिनिका मरासिनी सहभागि थिए । उनीहरुले विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शनी समेत गरेका थिए ।


गत बुधबार युएईको अजमानमा बुधवार घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्