गण्डकीमा एमाले–कांग्रेसको संयुक्त बैठक: अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

पाेखरा | कात्तिक २८, २०८१

गण्डकीमा एमाले–कांग्रेसको संयुक्त बैठक: अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

पोखरा:  सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय संयुक्त बैठक पोखरामा सम्पन्न भएको छ ।

 

नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा एमाले गण्डकी प्रदेशको २ (दुई) दलीय राजनैतिक संयन्त्रको बैठक मंगलबार बसेको हो ।

 

सो बैठकमा नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्र राज पाण्डे, महामन्त्री विष्णुप्रसाद लामिछाने र नेकपा (एमाले) को गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, नेकपा एमाले संसदीय दल गण्डकी प्रदेशका नेता खगराज अधिकारी तथा प्रदेश अध्यक्ष नवराज शर्मा सहभागिता  थिए ।

 

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले ७ बुँदें निर्णय गरेको छ ।

 

आगामी हुने बैठकको अध्यक्षता एमालेका गण्डकी प्रदेश अध्यक्षले गर्ने निर्णय गरेको छ ।

 

यस्ता छन् निर्णय:–

 

१) सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले गण्डकी प्रदेशको राजनैतिक संयन्त्रको वैठकको अध्यक्षता दुवै दलको सहमतिमा आलोपालो प्रणाली अनुसार संयोजन गर्ने, बैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने ।

 

२) गण्डकी प्रदेश भित्रका सबै जिल्लामा केन्द्रको निर्देशानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने,

 

३) दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जन समक्ष पु¥याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको बारेमा समिक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाब दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने ।

 

४) नेपाली कांग्रेस र नेकपा एमालेबीचमा स्थानीय तहमा कहि कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका २ दल बसी तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने ।  

 

५) नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।

 

६) गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा २ दलीय साझा धारणा सहित अगाडि बढ्ने निर्णय गरियो ।

 

७) आगामी बैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा हुने निर्णय गरियो ।
 

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ ।  आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं स...

थप पढ्नुहोस्

हुम्ला:    खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला सदरमुकाम सिमकोट खानेपानी आयोजना व...

थप पढ्नुहोस्

मकवानपुर:    राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ ।  उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल ...

थप पढ्नुहोस्