पूर्वमन्त्री मनाङे कारागार चलान, कति वर्ष बस्छन् जेल ?

काठमाडाैं | कात्तिक २७, २०८१

पूर्वमन्त्री मनाङे कारागार चलान, कति वर्ष बस्छन् जेल ?

काठमाडौँ:   उच्च अदालतको फैसलालाई सर्वाेच्चले सदरगरेसँगै पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ) कारागार चलान भएका छन् ।

 

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी जनाएको छ ।

 

आज काठमाडौंबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

 

त्यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार लगिएको हो ।

 

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

 

सोही मुद्दालाई कात्तिक २० गते सर्वोच्च अदालतले फैसला मिलेको भन्दै सदर गरेको थियो । 

 

५ वर्ष कैदको फैसला भएको मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।


 

यो पनि पढ्नुहोस

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्