‘फ्लाइट नम्बर ६ सय ८१’ मा भैरहवा उडे रवि
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ ।
त्यसका लागि पोखराबाट बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत मध्यान्ह १२ बजे उडेका हुन् ।
बिहानै रुपन्देही पुर्याउने भनिएपनि प्रतिकुल मौसमका कारण १२ बजे जहाज उडेको हो । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो ।
उनलाई त्यहाँबाट प्रहरीले रुपन्देही लैजाने छ ।
सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लागेका लामिछानेलाई बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

