मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
नेपालगञ्ज | कात्तिक १९, २०८१
नेपालगञ्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने, एकजना गम्भीर घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नं र ज ३ प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त दुर्घटनामा नेपालगञ्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते हुनुभएको छ ।
घाइते शेखको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ प्रेषण गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगञ्ज लगिएकामा चिकित्सकले कसौधनलाई गए राति नै मृत घोषणा गरेका थिए ।
लखनऊ प्रेषण गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले प्रमुख पन्तले बताउनुभयो ।
छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ । यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र ...
यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० द...
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्त...