धार्मिक पर्यटन प्रवर्द्धन गर्न व्यासभूमिमा ज्ञानमहायज्ञ
तनहुँ | कात्तिक १८, २०८१
दमौली: भगवान् वेदव्यासको अवतरणभूमि व्यासगुफा तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसर एवं प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बुधबारदेखि व्यासगुफा परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।
वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने ज्ञानमहायज्ञमा धार्मिक एवं आध्यात्मिक गतिविधिका अतिरिक्त स्थानीय संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले राससलाई जानकारी दिनुभयो ।
“व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्धेश्य हो । यसमा सबै सङ्घसंस्था, व्यक्ति, राजनीतिक दलको साथ र सहयोग आवश्यकको अपेक्षा गरेका छौँ”, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको व्यासभूमिको प्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिँदै अध्यक्ष उहाँले भन्नुभयो, व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट अग्लो व्यासको मूर्तिका निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणाधीन छ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

