ठगी गर्न नक्कली सुनको प्रयोग

कास्की | साउन ३, २०७९

ठगी गर्न नक्कली सुनको प्रयोग

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बाला देखाएर ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका ८ न्यूरोडस्थित होटलमा नक्कली सुनको बाला देखाई ठगी गर्न खोज्ने चितवनको माडी नगरपालिका ८ घरभई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्गजाको अर्जुन चौपारी

 

गाउँपालिका ४ रापाकोट घरभई हाल पोखरा १६ घार्मीखोला बस्ने ४० वर्षीय डिलबहादुर विकलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट २ थान नक्कली सुनको बाला र २ थान मोबाइल सेट बरामत गरिएको बताइएको छ ।  पक्राउ परेका द्वयलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपगरि आवश्यक अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्