प्रधानसम्पादक बास्तोला गंगा–ज्योति पुरस्कारबाट सम्मानित

पाेखरा | साउन २, २०७९

प्रधानसम्पादक बास्तोला गंगा–ज्योति पुरस्कारबाट सम्मानित

 

पोखरा:   आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

 

गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो । अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । 

 

सोही समारोहमा भरतचन्द्र चक्रवर्तीको पुण्य स्मृतिमा स्थापित पुरस्कारबाट लालबन्दी सर्लाहीका उपसन्न शिष्य राम भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो । अद्वैत महाविद्यालयको २०७९ सालको वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरेवापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो । 

 

उक्त कार्यक्रममा प्रमुख आमन्त्रित कुलपति प्रताप चक्रवर्तीले नेपाली वेदको जनक विशेषांक, आनन्द तत्व मिमांस र भक्तिवृत्ति प्रवाह तथा व्रह्मज्ञानको विमोचन गरेका थिए । अद्व्रैत संस्था नेपालका केन्द्रिय सभापति वसन्तलाल महासरस्वतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय सहसभापति विष्णुदास उपाध्याय ढकालले उपस्थिति सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गुरुआमा अपर्णा चक्रवर्तीको पनि संवोधन रहेको थियो । कार्यक्रमको संचालन संस्थाका केन्द्रिय कार्यवहाक सचिव लक्ष्यजीवी घिमिरेले गरेका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्