प्लाष्टिकका फूल विक्री गर्न काठमाडौं महानगरले लगायो प्रतिबन्ध
काठमाडाैं | कात्तिक १३, २०८१
काठमाडौं महानगरपालिकाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्दै प्लाष्टिकका फूल विक्री गर्न रोक लगाएको छ ।
स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल विक्री वितरण गर्न व्यवस्था मिलाएको हो ।
प्लाष्टिकजन्य फूल तथा सजावटका समाग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवद्र्धन गरिएको महानगरले जनाएको छ ।
मेयर बालेनले भनेका छन्, ‘हामी व्यापारीहरूलाई प्लाष्टिकका फूल तथा अन्य सजावटका समाग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

